देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजनीति गर्ने कर्मचारीको व्यवहार नसच्चिए विकल्प खोज्छौ : आपूर्ति मन्त्री यादव

देशान्तर

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कर्मचारीको व्यवहार नसच्चिए त्यस्ता कर्मचारीको विकल्प सोच्न मन्त्रालय बाध्य हुने बताएका छन ।

मन्त्री यादवले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिए ।  प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतबार बसेको बैठकमा मन्त्री यादवले आयल निगमका कर्मचारीहरु, कर्मचारी कम र नेता बढी भएको भन्दै त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताए।

उनले निगममा महाप्रबन्धक नियुक्त गर्नका लागि परीक्षा भइसकेको भएपनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने नगर्ने भन्नेमा दुविधा भएको बताए।