देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसियाड फुटबल : नेपाल पहिलो हाफमा पाकिस्तानविरुद्ध १-० ले अगाडि

देशान्तर

काठमाडौं । १८ औं एसियाली खेलकुद-एसियाडअन्तर्गत पुरुष फुटबलमा समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानसँग खेल्दै छ।  पहिलो हाफको समाप्तीमा नेपाल १-० गोलले अगाडि छ।

नेपालका रोहित चन्दले १२ औं मिनेटमा गोल गरे। नेपालले एसियाड फुटबलमा ३६ वर्षपछि गोल गरेको हो। यसअघि सन् १९८२ को एसियाडमा नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए। नेपालले एसियाड फुटबलमाम हालसम्म खेलेका सबै १७ खेलमा नै पराजय भोगेको छ। ती खेलमा ६८ गोल खाएको थियो।

नेपालले अघिल्ला दुई खेलमा जापानसँग १-० र भियतनामसँग २-० गोलले पराजित भएपछि एक खेल खेल्नुअगावै बाहिरिने निश्चित भएको थियो।पहिलो खेलमा भियतनामसँग ३-०गोलले पराजित भएको पाकिस्तान दोस्रो खेलमा जापानसँग ४-० ले निराश भएको थियो।