देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैंक स्थापनाको काम उच्च प्राथमिकतामा छ : गभर्नर नेपाल

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापनाको कामलाई उच्च प्राथमिकता दिएको बताएका छन ।

नेपाल राष्ट्र बैंकले स्थानीय राजनीतिक दलहरुले अवरोध गरेपछि कतिपय स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुन नसकेको गभर्नर नेपालले बताए ।स्थानीय राजनीतिक दलहरुले रोजगारीलगायतका माग राखेर अवरोध गरेपछि कतिपय स्थानीय तहमा अझै पनि बैंक तथा वित्तिय संस्था स्थापना गर्न नसकिएको बताएका हुन ।

मंगलबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बैंकको भावी योजना, नीति तथा कार्यक्रमबारे जानकारी दिँदै उनले नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापनाको कामलाई उच्च प्राथमिकता दिएको पनि बताए ।