काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारीको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो ।
पदाधिकारी बैठकबाटै भोलिको केन्द्रीय समिति बैठकको एजेन्डा र विषयहरु तय हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानाकारी दिए । काँग्रेसले भोलि केन्द्रीय समितिको बैठक डाकेको छ ।
बैठक बिहान ११ बजे काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । भोलिको बैठक समसामयिक विषयमै केन्द्रीत रहने सहमहामन्त्री डा महतले जानकारी दिए ।
महतका अनुसार अहिलेका पछिल्ला राजनीतिक गतिविधिसंगै मस्यौदा समिति र महासमिति बैठकसम्मका बारेमा कुराकानी हुनेछ ।
बैठकमा महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो लगायत कर आतंकका विषयमा छलफल केन्द्रीत हुनेछ ।
त्यसैगरी संवैधानिक निकायमा देखिएको असहमतिबारे कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुनेछ ।





प्रतिक्रिया