देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस

देशान्तर

 

काठमाडौं । संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ ।

परिषद्को आज बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश मिश्रको नाम प्रस्तावित प्रधानन्यायाधीशका रुपमा संसदीय सुनुवाई समितिमा पठाउने निर्णय गरेको परिषद् सदस्य कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जानकारी दिए। अघिल्लो सिफारिस संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिस गरेको हो ।

संसदीय समितिबाट अस्वीकृत वरिष्ठतम न्यायाधीश दीपकराज जोशी राजीनामा नदिई बिदामा बसेपछि मिश्रले अहिले सर्वोच्चको नेतृत्व सम्हाल्दै आएका छन् । जोशीलाई संवैधानिक परिषद्ले गत जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस गरेपनि साउन ११ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले उहाँको नाम दुई तिहाई बहुमतले अस्वीकृत गरेको थियो ।