देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिला हिंसा अन्त्य गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव पेश गरेकी हुन् ।

प्रस्तावमा महिलामाथि जबरजस्ती करणी गर्नेलाई सर्वस्वसहित आजीवन काराबारको सजाय दिने कानुन व्यवस्था गर्न माग गरिएको छ । सांसद पाण्डेले महिलामाथि हत्या, हिंसा, बलात्कार लगायतका घटना बढ्दै गईरहेका बेला त्यसलाई अन्त्य गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा संकल्प प्रस्ताव पेश गरेकी हुन् ।

प्रस्ताव पेश गर्दै उनले महिला हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियान संचालन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । अहिले महिला हिंसा विरुद्धको सो संकल्प प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले महिला हिंसा अन्त्य गर्नुपर्ने माग सहित पेश गरिएको सो प्रस्तावको समर्थन गर्दै महिला हिंसा अन्त्य गर्न सबैको सहयोगको आवश्यकतामा जोड दिइन् ।