देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवाको प्रश्न : दोषीलाई जोगाउन स्वयं राज्य लाग्दछ, निर्दोषले न्याय माग्न कहाँ जाने?

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले निर्मला पन्त प्रकरणमा सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

संसदको विशेष समयमा बोल्दै देउवाले भने– ‘हामी कस्तो राज्य बनाउन गइरहेका छौं, दोषीलाई जोगाउन स्वयं राज्य लाग्दछ, तब निर्दोषले न्याय माग्न कहाँ जाने?’

‘राज्यले नै दोषीलाई जोगाउन खोज्दा नागरिकहरुमा आक्रोश बढ्नु र हजारौं नागरिक न्याय माग्न सडकमा ओर्लनू स्वभाविकै हो। तर राज्यले संयमता अपनाउन नसक्दा अर्का बालक सन्नी खन्नाको मृत्यु भयो। कैयौं नागरिकहरु घाइते हुन पुगे। सरकारको यस्तो कार्यको म निन्दा र भर्त्सना गर्न चाहन्छु’, देउवाले भने।

बालिकाले न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपर्ने कस्तो लोकतन्त्र हो भन्दै उनले प्रश्न गरे।  देउवाले करले नागरिकको ढाड भाँचेको भन्दै न्यायोचित ढंगले कर उठाउन माग गरे। उनले वित्तीय आयोग गठन नभएकाले यस्तो अवस्था आएको बताए।