देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संयोजक सुवेदी भन्छन्– जनसम्पर्क विश्व सञ्जाल पत्रले रोकिन्न

देशान्तर

काठमाडौं । नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सञ्जाल) का संयोजक विष्णु सुवेदीले नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उक्त सञ्जालको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनसम्पर्क समितिहरूलाई हालै पठाएको पत्रप्रति आपत्ति जनाएका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजकसमेत रहेका सुवेदीले विश्व सञ्जाल नरोकिने स्पष्ट पारेका छन् ।

७ भदौ २०७५ मा पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा विश्वभरिका सबै जनसम्पर्क समितिहरूको नाममा प्रेषितपत्रमा विश्व सञ्जाल बनाएको कुरा इन्कार गरिएको छ । सुवेदीले पार्टीले यस्तो पत्र लेखेर गल्ती गरेको बताए । ‘हाल पार्टीको विधान नयाँ संरचना अनुसार बनाइँदैछ त्यसैमा मिलाएर लैजानको लागि सुरु गरिएको हो । यसर्थ पत्रतिर नजाउँ यो सञ्जाल रोकिन्न’, उनले भने ।

पार्टीको विधानमा यस्तो सञ्जाल बनाउने व्यवस्था नभएको र आफूहरूले पार्टीमा स्वीकृतिका लागि निवेदन पनि नदिएको अवस्थामा पार्टीले पत्र लेख्न नमिल्ने सुवेदीले बताए । त्यसैले विश्व सञ्जाललाई नरोक्ने उनको जिकिर छ ।

‘संस्थाको पूरै संरचना बनाएर पार्टीको महासमिति बैठकमा पेस गर्छौं । अहिले पनि २२ जना महासमिति सदस्य यही संस्था बनाउने अभियानमा छौं । महासमिति बैठकले पास गर्यो भने तत्कालै देश र ठाउँ तोकेर अधिवेशन गर्न निर्णय गर्नेछौं । होइन महासमितिले पास गरेन भने निर्णयलाई मान्छौं’, उनले भने ।

यदि पास भएन भने संस्था बनाउने अभियान रोकिन्छ भन्ने जिज्ञासामा सुवेदीले भने, ‘त्यो अवस्थामा हामी परिस्थिति हेरेर अगाडि बढ्छौं संस्था बन्द गर्दैनौं उनले ठोकुवा दिएर भने ।’