देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिम्सटेक)को १९ औं शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

बैठकमा सांसदले उठाएका समसामयिक विषयमा पनि प्रधानमन्त्री ओलीले जवाफ दिने छन्। भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ।