देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिमस्टेक गरिबी निवारणमा केन्द्रित रहनेछः प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार र शुक्रबार हुने बिमस्टेक सम्मेलन गरीबी निवारणमा मुख्यगरी केन्द्रित हुने बताएका छन्। उनले हरेक देशका नागरिक–नागरिकको सम्बन्ध विस्तारका लागि सम्मेलन केन्द्रित हुने बताए।

सम्मेलनबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले वातावरण परिवर्तनका क्षेत्रमा देखिएको परिवर्तन, विकासका चुनौतीहरु, दिगो विकासका लक्ष्यलाई कसरी प्राप्त गर्ने, गरीबी निवारण, कनेक्टीभिटीका विषयमा कसरी सहकार्य गर्ने सन्दर्भमा सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको उनले बताए।

साथै उनले ६ राष्ट्रकै सरकार तथा राष्ट्र प्रमुखले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटघाट गर्ने र उक्त सम्मेलनको सबै तयारी पूरा भएको उनले बताए।