देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिका र मेक्सिकोबीच नयाँ व्यापारिक सम्झौता गर्ने सहमति

देशान्तर

काठमाडौं । अमेरिका र मेक्सिकोबीच २५ वर्षे पुरानो उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने सहमति भएको छ । पुरानो सम्झौताप्रति आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सम्झौताको घोषणा गरेका हुन् ।ट्रम्पले नयाँ सम्झौता ‘गज्जबको निष्पक्ष’ हुने बताएका छन् ।

सम्झौताले दुई देशबीचको व्यापारिक सम्पर्कहरूलाई पुनःस्थापित गर्न बाटो खोल्ने अनुमान गरिएको छ । मेक्सिकोमा सत्ता छोड्न लागेका राष्ट्रपति एनरिके पेना निएटोले नयाँ सम्झौताको मस्यौदा अतिसकारात्मक भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिमा निर्वाचित म्यानुयल लोपेज ओब्राडोरले दुईपक्षीय नयाँ सम्झौताका लागि पहिलो कदम भएको बताएका छन् । उनले सम्झौतामा क्यानडा पनि सहभागी हुने आशा व्यक्त गरेका छन् ।

अमेरिका र मेक्सिकोबीच नयाँ सहमति भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउबीच छलफल भएको छ । उत्तर अमेरिकाबाहिर बनेका कारका पाटपुर्जा कार निर्माताले प्रयोग गर्न नपाउने प्रस्ताव नयाँ सम्झौताको विवादमा छ । – एजेन्सी