देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छिरिङ्गको पर्खाइमा दर्शक

देशान्तर

काठमाडौं । यशकुमार निर्मित फिल्म छिरिङ्गको टिजर सार्बजनिक गरिएको छ । उक्त सार्बजनिक टिजरमा दुई पति भएकी एक युवतीले भोग्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध लगायत अन्य दृश्य फिल्मको टिजरमा उल्लेखित गरिएको छ ।

सोही फिल्म गायक एवं अभिनेता यशकुमारले पहिलो पटक निर्देशकको रुपमा समेत डेब्यु हुन् भने यो भन्दा पहिला बाटो मुनिको फुल वीर लगायत आधा दर्जन भन्दा बढी सफल फिल्ममा काम गरिसकेका छन् ।

निमा रुम्बाको छिरिङ्ग पक्कै डेब्यु होइन किनकि उनले यो भन्दा पहिला पनि फिल्ममा काम गरिसकेका छन् । फिल्मका निर्माता सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहनेछ ।

मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ । फिल्ममा यशकुमार,निमा रुम्बा, नबनायिका कामना भुजेल लगाएतका खेतिप्राप्त दर्जनौं कलाकारहरुको मुख्य अभिनय रहनेछ ।

टिजर: