देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भीभीआईपीद्धारा राष्ट्रपति भण्डारीसँग शीतल निवासमा सामुहिक भेट

देशान्तर

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका ६ वटै मुलुकका विशिष्ट पाहुनाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका छन् ।

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका छन ।

बिहिबारबाट नै शुरु हुने शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी हुन । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी भएका छन ।

बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन ।