देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तामाकोशी गापाको विवाद छताछुल्ल, वडाध्यक्ष काफ्लेले लगाए गापाको कार्यालयमा भोटे ताल्चा

देशान्तर

काठमाडौं । तामाकोशी गाउँपालिकाको विवाद छताछुल्ल भएको छ । केहि समयअघिदेखिको विवाद आन्तरिक रुपमा पार्टी नेतृत्व तहले गुपचुपमा राखेर मिलाएपनि यस पटक भने सतहमा आएको हो ।

तामाकोशी गाउँपालिका–१, भीरकोटका वडाध्यक्ष महेश्वर काफ्लेले बिहिबार गाउँपालिका नेतृत्वको दादागिरी र मनोमानी प्रवृत्ति सुधार गरी विधि र प्रक्रियामा डोहो¥याउन भन्दै तालावन्दी गरेपछि विवाद सतहमा आएको हो ।

वडाध्यक्षको धैर्यता र सालिनतालाई कमजोरी ठानेको कारण गाउँपलिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको वडाध्यक्ष काफ्लेले जानकारी दिए ।

वडा नं. १ को हितको लागि ३ सुत्रीय माग राखी गाउँपालिकाको कार्यालयमा तालावन्धी गरेको प्रेस विज्ञप्तीमार्फत वडाध्यक्ष काफ्लेले जनाएका छन् ।

विज्ञप्तिमा बालुवा गिटी उत्खनन्बाट गाउँपालिकाले प्राप्त गर्ने कर रकमको ५० प्रतिशत रकम प्रभावित क्षेत्रमा विकास निर्माणको लागि खर्च गरिने सुनिश्चितता, प्रकाशित टेण्डरको साइट पूर्ण रुपमा व्यक्तिको जग्गापर्ने भएकोले उक्त साइट टेण्डरबाट हटाउने र प्रकाशित टेण्डरको साइट झुलेडाँडामा पहिरोको कारण व्यक्तिको जग्गाक्षति भएको र त्यस स्थानमा उत्खनन गर्दा झनै ठूलो जोखिममा पर्ने सम्भावना भएको हुँदा सो सूची टेण्डरबाट हटाउनु पर्ने लगाएतका माग राख्दै तालावन्दी गरेको विज्ञप्ती उल्लेख छ ।

जवसम्म स्थानियलाई ह्राहत महशुस हुने गरि पालिकाले निर्णय गर्दै तवसम्म अनिश्चित कालसम्म तालावन्दी नखुल्ने काफ्लेले देशान्तरलाई जानकारी दिए ।