देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बंगलादेशी प्रधानमन्त्री हसिना स्वदेश फिर्ता

देशान्तर

काठमाडौं । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु स्वदेश फर्कनेक्रम सुरु भएको छ ।

शुक्रबार दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्किएकी छन् । उनलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति विन मिन्ट पनि शुक्रबारै स्वदेश फर्कदैछन् ।

यस्तै, भुटानको अन्तरिम सरकार सल्लहाकार छिरिङ वाङचुक शुक्रबार लुम्बिनी गएर शनिबार स्वदेश फर्कने क्रार्यक्रम छ ।

त्यसैगरी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिबार लुम्बिनी जाने र आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।