देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोदीले देउवा र दाहाललाई किन भेटेनन् ?

देशान्तर

काठमाडौं। काठमाडौंमा आयोजना भएको चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेनन् ।

यसअघि नेपालमै आयोजना भएको १८ औं सार्क शिखर सम्मेनलमा भाग लिन आउँदा मोदीले नेपालका विभिन्न शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए। तर, यसपटक भने उनले नेपालका नेताहरुसँग कुनै भेटवार्ता नै गरेनन् । हुन त, उनको यो सम्मेलनमा भाग लिन आउँदा नेपालका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थिएन्

सम्मेलनको उद्धघाट्नकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोजमा भने मोदीले नेपालका शीर्ष राजनीतिक व्यक्तिहरुसँग अनौपचारिक भेटवार्ता गरेका थिए ।

मोदीले विमस्टेक शिखर सम्मेलनमा आतंकवादविरुद्ध एकजुट भएर लड्ने उद्धघोष गरेका छन् । त्यस्तै, उनले भारतमा विमस्टेक सदस्य राष्ट्रलाई लक्षित गरेर बेअ अफ द बंगाल स्टडिज सेन्टरसमेत स्थापना गर्ने घोषणा गरेका छन् । विमस्टेकका महिला सांसदहरुलाई जोड्न विशेष फोरम समेत गठन गर्ने घोषणा गरेका छन् ।

मोदीले अघि सारेका प्रायः सबे प्रस्तावमाहरु सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुपनि सकारात्मक छन् । मोदीको यो चौथो पटकको नेपाल भ्रमण हो । यसअघि नेपाल भ्रमणमा आउँदा उनले नेपालको आन्तरिक विषयमा चासो र चिन्ता व्यक्त गर्ने गरेका थिए । तर, यसपटक भने उनले नेपालको आन्तरिक विषयमा कुनै चासो राखेनन् ।