देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ता

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। होटल सोल्टीमा भएको भेटवार्तामा उनीहरुबीच द्धिपक्षीय हित, आपसी सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

नेपाल र भारतबीच रक्सौल-काठमाडौं रेलवे लाइनको सर्भे सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर शुक्रबारै हुने तयारी छ।यसअघि नै भएको द्धिपक्षीय सहमति अनुसार समझदारी पत्रमा शुक्रबार हस्ताक्षर हुन लागेको हाे।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार पारेर पाँच वर्षभित्र रेलवे लाइन निर्माण सम्पन्न गर्ने सहमति भएको थियो। रेलवे लाइन निर्माणका लागि सबै लगानी भारतले गर्ने सहमति पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला समझदारी भएको थियो।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीले पुशपति मन्दिर परिसरमा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदी आजै साँझ ८ बजे स्वदेश फर्किने छन्।