देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एशिया कप छनौटमा नेपाललाई पहिलो सफलता

देशान्तर

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत लगातार दुई खेल हारेको नेपाल तेस्रो खेलमा भने जित हासिल गरेको छ। टस हारेर पहिले व्याटिङ गरेको नेपालले २० रनले जित हासिल गरेको हो। नेपालको जितमा बलिङ तर्फ सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुईर दुई विकेट लिए भने दिपेन्द्रसिंह ऐरीले र सागर पुनले एक रएक विकेट लिए।

व्याटिङ तर्फ आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले महत्वपूर्ण भूमिका खेलेका थिए। ५१ बलमा ५४ रन बनाएर दिपन्द्र आउट भएपनि आरिफ शेख भने ४८ बलमा ६४ रन बनाएर नटआउट रहे। उनले दुई छक्का र पाँच चौका प्रहार गरे।

नटआउट रहेका बसन्त रेग्मीले सात बलमा ६ रन जोडे। नेपालका लागि अनिलकुमार शाहले १६, सुवास खकुरेलले ९, पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११ र सागर पुन र सोमपाल कामी खाता खोल्न सकेनन्।

३० ओभरमा छोट्याइएको खेलमा नपाले निर्धारित समयमा सात विकेट गुमाएर १८९ रनको चुनौति पस्केको थियो। जसमा पूरा तीस ओभर खेल्दा पनि मलेसियाले भेटाउन नसकेपछि नेपाल विजयी भएको हो।

नेपाललाई अबका सबै खेलको जिते पनि एसिया कप छनोटका लागि अरु टिमको नतिजा कुर्नुपर्ने हुन्छ। मलेसियाको लागि दुई खेलाडीले समान ३र३ विकेट लिए।