देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इतिहास र जनताले पार्टी,नेता पैदा गर्छ : नेकपा अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने बिषय भएको बताएका छन ।

अध्यक्ष निवास खुमलटारमा शनिबार नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै यस्तो बताएका हुन । दाहालले कसैलाई रहर लागेर नेता हुन सक्ने होइन इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा भएको बताए ।

अध्यक्ष दाहालले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदान पछि देश गणतन्त्रको युगमा प्रवेश गरेको पनि बताए ।

पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिइने स्पष्ट पारे ।