देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवा झिक्दै गर्दा त्रिशूलीमा डुबेर मजदुरको मृत्यु

देशान्तर

धादिङ  । बालुवा झिक्ने क्रममा एक जना मजदुरको सोमबार त्रिशुली नदीमा डुबेर मृत्यु भएको छ ।

गजुरी गाउँपालिका वडा नम्बर –६, बेल्खुस्थित त्रिशूली नदीबाट बालुवा झिक्न लाग्दा सिद्धलेक गाउँपालिका वडा नम्बर –७, निवासी २८ वर्षीय प्रकाश थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

घटनापछि प्रहरी र मजदुरले खोजी कार्य गरेका थिए । वर्षाका कारण बढेकोले नदी किनारमा काम गर्ने मजदुर हरु जोखिम मोलेर काम गरिरहेका छन् ।