काठमाडौँ । काठमाडौंमा चितुवाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रोल्पा यवाङ गाउँपालिका-१ घर भएका २२ वर्षीय अनमोल झाक्री मगर चितुवाको एक थान छालासहित काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ परेका हुन्।
नयाँ बसपार्कस्थित विष्णुमति पुल नजिकबाट सोमबार मगरलाई पक्राउ गरिएको प्रहरीले नेपालखबरलाई मंगलबार जानकारी दिएको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया