देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बनेपामा बलात्कार आरोपमा होटल सञ्चालक पक्राउ

देशान्तर

काभ्रे । काभ्रेको बनेपामा बलात्कार आरोपमा होटल सञ्चालक पक्राउ परेका छन्। आफ्नै होटलमा काम गर्ने १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल नगरपालिका – ११ घर भई हाल बनेपा नगरपालिका – ७ चारदोबाटोस्थित होटल सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाई पक्राउ परेका हुन्।

प्रहरीले मंगलबार नेपालखबरलाई दिएको जानकारीअनुसार हुमागाईले उनकै होटलमा काम गर्ने खोटाङ घर भएकी युवतीलाई कोठामा पु¥याई पु¥याइदिन्छु भनी नयाँबस्तीस्थित आफ्नो कोठमा लगेर आइतबार बलात्कार गरेका थिए।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट गएको प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान भइरहेको बनेपा प्रहरीले जनाएको छ।