देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डरलाग्दो दुर्घटना : टिप्परको ठक्कर बाट मोटरसाइकलमा सवार दुई को मृत्यु

देशान्तर

धनुषा । धनुषामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी भन्ने स्थानमा ना १ क ६१८९ नम्बरको मोटरसाइकललाई ज ५ प ९०४६ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

टिप्परको ठक्करले मोटरसाइकल टुक्राटुक्रा भएको छ भने मोटरसाइकलमा सवार अन्दाजी २७ वर्ष र २९ वर्षका दुई युवाको मृत्यु भएको हो । बीच सडकमा दुई युवाको शव डरलाग्दो अवस्थामा रहेको छ ।