काठमाडौं । गुण्डा नाइके शुकबहादुर तामाङ ‘बाघे’ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। स्वयम्भू क्षेत्रका स्थानीयलाई आतंकित पार्दै हप्ता असुली गरेको तथा गुण्डागर्दी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय परिसर प्रवक्ता एसपी रामद्त्त जोशीले जानकारी दिए।
उनले स्वयम्भू, बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएको प्रहरीको भनाइ छ। उनी गुण्डागर्दीको आरोपमा पटक-पटक पक्राउ पर्ने र छुट्ने गरेका व्यक्ति हुन्।





प्रतिक्रिया