देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साफ: नेपाल र माल्दिभ्सबीचको खेल आज

देशान्तर

काठमाडौं । बंगलादेशमा चलिरहेको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले माल्दिभ्सँग खेल्दैछ । खेल दिउँसो पौने चार बजे ढाकाको बंगबन्धु रंगशालामा सुरु हुनेछ ।

नेपाल बंगलादेशलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो । तर माल्दिभ्स भने श्रीलंकासँगको टसमा भाग्यमानी बन्दै १ अंक सहित सेमिफाइलनमा पुगेको टिम हो ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबार ढाकामै भएको पत्रकार सम्मेलनमा माल्दिभ्स नेपाल भन्दा केहि बलियो देखिए पनि नेपालले हराउने बताएका छन् । तर नेपालले अहिलेसम्म साफमा माल्दिभ्सलाई हराउन सकेको छैन ।

यी दुइ देश ६ पटक साफमा खेलेकोमा ४ खेलमा भाल्दिभ्स विजयी भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।