देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रसुवागढी नाकामा गाडी चल्न सुरु

देशान्तर

काठमाडौं । पहिरो हटाए पछि रसुवागढी नाका भएर गाडी चल्न थालेको छ । ठूलाठूला ढुंगासहितको पहिरोका कारण दुई दिन यो यो सडकखण्डमा गाडी चलेको थिएन ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार बिहान देखि बाटो खुलेको जनाएको छ । गाडी नचल्दा रसुवागढी नाका हुँदै चीनबाट सामान लोड गरेर फर्किएका गाडी बीच बाटोमै रोकिएका थिए ।

रसुवाको धुन्चे बजार नजिकको खोपङ्गभीरमा पहिरो खस्दा बुधबार र मंगलबार गाडीको आवागमन ठप्प भएको थियो । अहिले भने सडक खुलेको र गाडी पनि चल्न थालेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।