काठमाडौं । नेपाल भारतको अन्तर्रा्ष्ट्रिय सीमाना सम्बन्धी अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपको बैठक अर्को हप्ता नेपालमा हुने भएको छ । दुई देशको अन्तर्रा्ष्ट्रिय सीमानामा देखिएका समस्याबारे अध्ययन गर्न गठित समितिको बैठक अर्को हप्ता काठमाडौंमा बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।
बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सीमासम्बन्धी अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपसँग छलफल गरेका छन् । छलफलका क्रममा बाउन्ड्री वर्किङ गु्रपका सदस्यहरुले कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गर्दा सीमा यकीन गर्न नसकेको आदि समस्या राखेका थिए ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य, नक्शा हेरेर र नेपालको अधिकतम राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सीमा अध्ययन समितिलाई निर्देशन दिएका हुन ।





प्रतिक्रिया