देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्न सक्ने मास प्रिन्टर ल्याइने

देशान्तर

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाईका लागि मास प्रिन्टर ल्याउने भएको छ । स्मार्ट लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने समस्या समाधान गर्न विभागले मास प्रिन्टर मेशिन ल्याउन लागेको हो ।

विभागले मास प्रिन्टर खरिदका लागि बोलपत्र पनि आह्वान गरिसकेकोे छ ।

विभागका प्रवक्ता गोकर्णप्रसादले उपाध्यायले स्मार्ट लाइसेन्सको समस्या समाधान गर्न एउटा मास प्रिन्टर ल्याउन लागिएको बताए । मास प्रिन्टर आएपछि वर्षौदेखि स्मार्ट लाईसेसका लागि सर्वसाधारणले कुर्नु नपर्ने प्रवक्ता उपाध्यायको भनाई थियो ।

मास प्रिन्टर ल्याउन करिब ३ महिना लाग्नेछ । सो प्रिन्टर मेशिन आएपछि दैनिक १० हजारको हाराहारीमा स्मार्ट लाइसेन्स छाप्न सकिन्छ । दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्न सकिने भएपछि महिनौदेखि लाइसेन्सका लागि कुर्नुपर्ने बाध्यता हट्ने विभागको भनाई छ ।

विभागले हालसम्म साढे तीन लाखको हाराहारीमा स्मार्ट लाइसेन्स छापी सकेको जनाएको छ । सो प्रिन्टर खरिदका लागि पाँच करोड रुपैँया बराबर लाग्ने विभागले जनाएको छ ।

सेवाग्राहीले लामो समय कुर्नुपर्ने समस्या समाधानका लागि सरकारले आउट सोर्सिङबाट स्मार्ट लाइसेन्स छाप्न लागेको हो । विभागका अनुसार बजारमा हाल दैनिक ४ हजार भन्दा बढी स्मार्ट लाइसेन्सको माग रहेको छ ।

तर १ हजार ४ सय मात्र छाप्न सकिने भएकाले माग पूरा गर्न सकिएको छैन । मागको तुलनमा आपूर्ति निकै कम भएकाले सेवाग्राहीलाई निकै मार परेको छ ।

सेवाग्राहीहरु छ महिना वर्ष दिनदेखि स्मार्ट लाइसेन्सका लागि पालो कुरेर बस्न बाध्य छन् । तर अब भने त्यस्तो अवस्था नरहने विभागले जनाएको छ ।