काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग गर्दै शनिबार देशभर प्रदर्शन भैरहेको छ । काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन भएको छ ।
निर्मलाको निम्ति न्याय’ अभियान अन्तर्गत देशका विभिन्न ठाउँमा स्वतःस्फुर्त रुपमा प्रदर्शन भइरहेको छ । बलात्कारविरुद्ध आवाज उठाउन भन्दै गाईघाटको पिपलचोक, काभ्रेको पाँचखाल, झापाको काँकडभिट्टामा बिहानै प्रदर्शन भएको छ ।
यस्तै सिन्धुपाल्चोकको हेलम्बु, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, सप्तरीको राजबिराज, सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, झापाको दमक र अर्जुनधारामा लगायत ठाउँमा पनि प्रदर्शन हुँदैछ ।





प्रतिक्रिया