काठमाडौं । उदयपुरमा टिपरमा सामान लोड अनलोड गर्नेक्रममा १२ सय भोल्टेजको करेन्ट लाग्दा चालक र सहचालकको घट्नास्थलमै मृत्यु भएको छ ।
शनिबार ना.अ.प. १३२९ नम्वरको टिपरमा ढुंगा लोड गर्ने क्रममा उदयपुर चौदण्डिगढी नगरपालिका ५ सिबाई खोलामा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नगरपालिका ९ का चालक विष्णु कार्की र सहचालक सोही स्थानर्को भक्तबहादुर खड्का रहेका छन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार ढुङ्गा अनलोड गर्नेक्रममा १२ सय भोल्टेजको तारमा छुन गई घटना भएको हो ।
करेन्ट लागेर घट्नास्थलमै उनीहरूको मृत्यु भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो





प्रतिक्रिया