देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङमा अटो पेस्तोलसहित १ जना पक्राउ

देशान्तर

काठमाडौं । दाङमा अमेरिकामा निर्मित अटो पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ घोराही उप–महानगरपालिका वडा नं. १३ बडहरा बस्ने वर्ष २७ को बिरबहादुर चौधरी रहेका छन् ।

उनलाई प्रहरीले दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ बुद्धि ग्यारेज नजिकैको घोराही तुलसीपुर सडकखण्डबाट पक्राउ गरिएको दाङका एसपी कृष्णहरि शर्माले बताए ।

शर्माका अनुसार चौधरीको साथबाट ‘अटोमेटिक पेस्तोल मेड इन युएसए’ लेखिएको ७.६५ क्यालिभरको पेस्तोल थान र म्याग्जिन थान १ सँगै ४ राउण्ड गोली समेत बरामद भएको छ । चौधरीको साथबाट रा ४ प २४६६ नं. मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।