देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीमा भर्ती गराइदिन्छु भन्दै साढे २ लाख असुली

देशान्तर

काठमाडौं । प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ पेप्सिखोला बस्ने कालिबहादुर लामा छन् ।

लामासहितका व्यक्तिहरुले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गरेका थिए ।

प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ती गराइदिने उनीहरुले प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।उनलाई काठमाडौं प्रहरीले काठमाडौं–५,महाराजगञ्जबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।