काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ। आइतबार सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाका अनुसार यातायात व्यवस्था विभागसँग अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको हो । विभागसँगको सहमति अनुसार राजधानीबाट बाहिर जाने देशभरका यातायातका लागि असोज ५ गतेबाट टिकट बुकिङ गर्न पाइने छ ।





प्रतिक्रिया