देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असोज ५ देखि दशैंको टिकट बिक्री खुला

देशान्तर

काठमाडौं । बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् । यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।

यातायात व्यावासायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए । तर छलफलका क्रममा विभागले माग सम्बोधन गरिदिने भनेपछि अग्रिम टिकट बुकिङ गर्न व्यावसायी सहमत भएका हुन् ।