देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

देशान्तर

काठमाडौं – नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएकाे अायल निगमले जनाएकाे छ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् नै रहेकाे छ।

हवाइ इन्धनबाहेक सबै इन्धनको मूल्य बढाएको १५ दिन पछि निगमले फेरी प्रेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे हाे।