देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महेन्द्रनगरमा कांग्रेसको विरोधर्‍याली, निर्मलाको हत्यारा पक्रन माग

देशान्तर

कन्चनपुर । नेपाली कांग्रेस कन्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै मंगलबार महेन्द्रनगरमा विरोधर्‍याली निकालेको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको ५४ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि कन्चनपुर कांग्रेसले विरोधर्‍याली गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो ।

कांग्रेस पार्टी कार्यालयबाट निस्किएको जुलुसले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन पुगेर ज्ञापनपत्र बुझाएको थियो ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा अपराधी जतिसुकै उच्च ओहोदाको व्यक्ति भएपनि कानुनी दायरामा ल्याउन माग गरिएको छ ।