देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मदिरा पिउँदा मलेसियामा ४ नेपालीको मृत्यु

देशान्तर

काठमाडौं । मदिरा सेवन गर्दा मलेसियामा ४ नेपालीसहित १५ जनाको मृत्यु भएको छ। सेलान्गर प्रहरी प्रमुख कमाण्डर डाटुक मज्लन मन्सरका अनुसार ४ नेपालीसहित एक मलेसियन, एक बंगलादेशी र एक भारतीयकाे परिचय खुलेकाे छ भने अन्यकाे सनाखत भएकाे छैन।

स्थानीय प्रहरीले उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनका कारण भएको आशंका गरेको छ। यद्यपी अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन्।

मदिरा पिएका अन्य ३३ जनालाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको छ। जसमा अधिकांश नेपाली रहेकाे मलेसियन सञ्चारमाध्यमले जनाएका छन्।