देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बहिनीलार्इ यातना दिने दार्इ पक्राउ

देशान्तर

काठमाडाैं । विगत २ वर्षदेखि बन्द कोठामा शारीरिक र मानसिक यातना पाएकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। भारतको दिल्लीमा आफ्नै दाईबाट विगत २ वर्षदेखि यातना पाइरहेकी महिलाको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको हो। उनी थुनिएको कोठा फोडेर प्रहरीले उनलाई उद्धार गरेको थियो। बहिनीलाई यातना दिने दाईलाई प्रहरीले पक्राउ गरेको छ। महिला निकै दुब्लो र भोकाएकी थिइन्। उनी मानिस चिन्न र हिड्न नसक्ने अवस्थामा फेला परेकी उद्धारमा खटिएका अधिकारीहरुले बताएका छन्।

उनी उमेरले ५० वर्षकी मात्रै भएपनि ९० वर्षकी जस्तै देखिएकी दिल्ली कमिसन फर वमनकी प्रमुख स्वाती मालिवालले बताइन्। स्वातीले भनीन् ‘उनलाई उद्धार गर्दा उनी एकदमै नाजुक अवस्थामा रहेकी र आफ्नै दिशामा सुतिरहेकी थिइन्, उनलाई भोकले निकै सताइरहेको थियो।’

स्थानीयले उनलाई उद्धार गर्न खोज्दा उनका दाईले उनीहरुलाई गाली गर्दै धम्क्याउँदै आएका थिए। त्यसपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले उक्त महिलालाई किन यातना दिइएको हो भन्ने बारे अनुसन्धान भैरहेको जानकारी दिएको छ।