देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१८ किलो चरेससहित २ जना पक्राउ

देशान्तर

काठमाडौं । मष्टा गाँउपालीकाको कार्यलय नजिकैबाट प्रहरीको टोलीले १८ किलो चरेससहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बेलुका मष्टा गाँउपालिकाबाट सदरमुकाम चैनपुरतर्फ झोलामा चरेस ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले चरेससहित मष्टा गाँउपालिका वडा नम्बर २ का २० वर्षीया दीपक बुढा र जयपृथ्वी नगरपालिका १० का हस्ता पुरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए ।

 

दुवैजनाको झोलाबाट नौ–नौ किलो चरेस फेला पारेको प्रहरीले जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।