देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आलम हत्याको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सुनसरीले तत्कालिन नेकपा एमाले जिल्ला सल्लाहकार परिषदका सदस्य तथा रैयाव बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको गोली हानी भएको हत्याको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ ।

आलमको हिजो दिउसो भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकलमा आएका अपरिचत व्यक्तिले गोली हानी हत्या गरेका थिए ।आलमलाई स्कुलबाट घरतर्फ गइरहेका वेला गोली हानीएको थियो । नेकपाले घटनाको भत्र्सना गर्दै उच्चस्तरीय छानविन समिति गठन गरी अपराधीलाई यथासक्य छिटो कानुनको दायरामा ल्याउन माग गरेको छ ।

तत्कालिन एमालेका सुनसरी जिल्ला संयोजक रमेसकुमार बस्नेत र तत्कालिन माओवादी केन्द्रका कावा संयोजक योगेन्द्र कुमार मण्डलले संयुक्त विज्ञप्ति जारी गर्दै मृतक आलमका आफन्तलाई उचित क्षतिपुर्ति तथा त्यस क्षेत्रमा आवाश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि माग गरेका छन् । साथै नेकपाले उक्त घटनालाई अतिरञ्जीत गरी भड्काउने प्रयास हुन सक्ने भन्दै सवैलाई सचेत रहन आग्रह गरेको छ ।