देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मानसिक रोगीलाई निर्घात कुट्ने प्रहरीमाथि कारवाही हुने

देशान्तर

काठमाडौं । काठमाडौमा केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको छ । काठमाडौको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

घटनापछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएको उक्त भिडियो प्रहरी कार्यालयले संज्ञानमा लिएर संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारवाही सुरु गरिसकिएको जनाएको छ ।

गत सोमबार एक फेन्सी पसल अगाडि बसेका उनलाई स्थानीयले हटाउन खोज्दा पसले र मानसिक रोगीबीच विवाद भएको थियो । स्थानीयले उनलाई हटाउन खोज्दै गर्दा आइपुगेका एक प्रहरीले उल्टै ती व्यक्तिलाई लाठी र बुटले निर्घात कुटपीट गरेका थिए । उक्त भिडियो लेखक दिलनिशानी मगरले खिचेका थिए ।