काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार शुक्रबारका लागि यस्तो कोटा कायम गरिएको हो। अब प्रति मोटरसाइकलले ५ लिटर र चारपांग्रेले १५ लिटर पेट्रोल पाउनेछन्।
त्यस्तै, डिजेलको हकमा उपत्यका र उपत्यकाबाहिर जाने सवारीका लागि छुट्टाछुट्टै परिमाण कायम गरिएको छ। जसअनुसार काठमाडौं उपत्यकाका सवारीले प्रतिसवारी ५० लिटर र उपत्यकाबाहिर जाने सवारीले ७५ लिटर डिजेल पाउनेछन्।
पेट्रोलियमको आपूर्ति अभाव हुँदा पेट्रोल पम्पमा लाइन बढेपछि निगमले यस्तो कोटा लगाएको हो। निगमका प्रवक्ता गोइतले शुक्रबार २ बजेसम्म चार सय ५० किलोलिटर पेट्रोल र चार सय ४० किलोलिटर डिजेल वितरण गरिसकेको दाबी गरे। एक किलोलिटरमा हजार लिटर हुन्छ।





प्रतिक्रिया