देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जाने गंगामायाको चेतावनी

देशान्तर

काठमाडौं । वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिइन ।

छोराको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा मृत्युभएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तराष्ट्रिय अदालतले न्याय दिने विश्वास पनि व्यक्त गरिन ।