देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्छु : अर्थमन्त्री खतिवडा

देशान्तर

अर्थमन्त्री डा. युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान बिक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कारबाही गर्ने बताए ।

उनले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने स्पष्ट पारे ।  उनले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कारबाहीको दायरामा ल्याउन बाध्य हुने बताए ।

मन्त्री खतिवडाले विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिइने दृढता समेत व्यक्त गरे ।