नेपाल मगर संघले मगर युवालाई जाँड–रक्सी पिउन रोक लगाउने भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको गोरखामा बसेको नवौं पूर्ण बैठकले २५ वर्ष मुनिका मगर युवालाई जाँड–रक्सी पिउन रोक लगाउन सामाजिक सुधारको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
संघका निर्णय सार्वजनिक गर्न शनिबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरले जाँड–रक्सी प्रयोगका लागि निश्चित अवधीसम्म सचेतना र जागरणका कार्यक्रम गर्ने बताए ।
‘२५ वर्षसम्म जाँड खाएर हल्लिने युवाले कसरी करियर बनाउन नसक्ने केन्द्रिय अध्यक्ष रोकामगरको तर्क छ । उनले भने ‘सके त कसैले पनि रक्सी–जाँड नपिएकै राम्रो, झन् २५ वर्षमुनिकाले त छुनै हुँदैन ।’
२५ वर्षसम्म पढाइलेखाई गरेर करियर बनाएका युवा र २५ वर्षसम्म जाँड खाएर हुर्किएका युवालाई दाँजेर हेर्दा मदिराको दुष्प्रभावबारे प्रष्टै हुने उनको भनाई छ ।संघको केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।
मगर भाषालाई सरकारी कामकाजको भाषासहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको मान्यता दिँदै सार्वजनिक बिदा दिनुपर्ने, अहिलेको संविधानले व्याख्या गरेको हाडनाता करणीको पुनव्र्याख्या हुनुपर्ने भएकाले संविधान संशोधनको माग गरिएको केन्द्रीय अध्यक्ष रोका मगरको भनाई छ ।





प्रतिक्रिया