देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अल्टिच्युड एयर माथिको उडान प्रतिबन्ध फुकुवा

देशान्तर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर दुर्घटनापछि अल्टिच्युड एयरमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेको छ। भदौ २३ गते शनिबार गोरखाको साामागाउँबाट काठमाडौंमा लागि उडेको अल्टिच्युड एयरको नाइन एन–एलएस कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मेधाङ गाउँपालिकामा दुर्घटना भएको थियो।

दुर्घटनामा पाइलट निश्चल केसीसहित ५ नेपाली र एक जापनी नागरिकको ज्यान गएको थियो। हेलिकोप्टर दुर्घटना लगत्तै कम्पनीले भदौ २४ गते आइतबार आफ्नो सेवा बन्द गरेको थियो। त्यसलगतै नेपाल नागरिक उड्डन प्राधिकरणले भदौ २४ गते सोमबारदेखि ‘सेफ्टी एसेस्मेन्ट’ गरी रिपोर्ट पेस गर्न भन्दै उडानमा प्रतिबन्ध लगाएको थियो।

कम्पनीले रिपोर्ट पेस गरेपछि अध्ययन गरेर उडानमा लगाएको प्रतिबन्ध असोज ८ गते आइतबारबाट नै फुकुवा गरिरेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए। प्रतिबन्ध फुकुवासँगै कम्पनीले आफ्नो सेवा सूचारु समेत गरिसकेको छ।