काठमाडौं । संसद बैठकमा गृहमन्त्रीको राजिनामाको माग उठपछि गृहमन्त्री रामबाहादुर थापाले बलात्कारका घटना समान्य भएको बताएका छन् । उनले देश पूँजी शासन व्यव्सथा तर्फ उन्मुख भएकाले बलात्कारका घटना घटेको गृहमन्त्री थापाको भनाइ छ ।
गृहमन्त्री थापाले विकसित देशमा पनि बलात्कार र हत्याका घटना हुने गरेको बताउदै आफ्नो बचाउ गरेका छन् । संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नमाथि जवाफ दिने क्रममा उनले सबैभन्दा लोकतान्त्रिक भन्ने अमेरिकामा पनि बलात्कार र हत्याका घटनाहरु बाहिर आइरहेको बताए ।
उनले सूचना प्रविधिमा आएको विकास र अत्याधिक मदिरा सेवन जस्ता कारणले पनि यस्ता घटना बढिरहेको बताए । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्ने दाबी गरे । निर्मला हत्या र बलात्कारको घटनामा हिजोमात्रै उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको उनले बताए । थापाले दोषीलाई छिट्टै कानुनी दायरमा ल्याउने भन्दै यसबारे अझैं अनुसन्धान भइरहेको बताए ।
निर्मला पन्त प्रकरणसहित अन्य यौन हिंसा, हत्या लगायतका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गरिने बताउँदै थापाले रौतहट र नवलपरासीमा महिलामाथि एसिड आक्रामण गर्नेलाई नियन्त्रणमा लिइ सकिएको जानकारी दिए ।





प्रतिक्रिया