देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहटमा स्थानीयबीच झडप, प्रहरीद्धारा २० राउण्ड हवाई फायर

देशान्तर

रौतहट । रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ ।

झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् । घटनास्थल रौतहट सदरमुकाम गौरबाट २२ किलोमिटर उत्तरमा पर्छ ।