काठमाडौं । निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
कांग्रेस संसदहरु गगन थापा, प्रदीप गिरी र दिव्यमणिराज भण्डारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन । प्रस्तावमा निजगढ विमास्थल द्रुत गतिमा बनाउने सरकारको मनसायको सह्राना गरिएको छ ।
पूर्वतयारी र आधारभूत कार्य नगरी काम सुरु गर्दा पश्चिम सेती र बुढीगण्डकी जलविद्युत आयोजना अन्यौलमा परेको भन्दै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको त्यस्तो नियती नहोस् भन्दै संसदमा छलफल गर्न माग गरिएको छ ।
प्रस्तावमा निजगढ विमानस्थलबारे ११ प्रश्न अघि सार्दै सरकारसँग जवाफ माग गरिएको छ ।





प्रतिक्रिया