देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी हुन् विश्‍वकै सबैभन्दा धेरै हतियार राख्‍ने मानिस, वार्षिक ६ लाख डलर कमाइ

देशान्तर

काठमाडौँ । मानिसहरु अनेक वस्तुको संकलन गर्न रुचाउँछन्। कोही पुरानो पैसाको, कोही हुलाक टिकटको त कोही चित्रकलाको। तर एउटा यस्तो मानिस जसले हतियार संकलन गर्ने शोख राख्दछन्।त्यसो त हतियार राख्‍नु गैर कानूनी मानिन्छ। तर उनले संसारमै सबैभन्दा धेरै हतियार संकलन गरेका छन्।

यी हुन् अमेरिकाको कोलोराडमा बस्‍ने मेल बर्नस्टिन। उनले यति धेरै हतियार संकलन गरेका राखेका छन् जुन एउटा सानो मुलुकसँग नहुन सक्छ। उनको हतियार संग्राहलयमा पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्रहित छन्।

उनले हतियारले भरिएको एउटा संग्राहलय नै तयार गरेका छन् जहाँ ठूला मिसाइल हतियार राखिएका छन्। यसको मूल्‍य १० मिलियन डलरभन्दा पनि धेरै पर्छ। उनको यो संग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन्। उनले त्यहीबाट वार्षिक ६ लाख डलर कमाउने गर्दछन्।